SHARE
कालिका खबर · सोमबार १ असार २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारबाहीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति ध्यानाकर्षण गराउँदै एक गरिब टेम्पो चालकको सवारीसाधन वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत भएको बताए । उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित चालकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए ।