सरकारसँग आशिका तामाङको मागः भारतीय सीमामा पर्खाल वा काँडेतार लगाइयोस्
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन सरकारसँग माग गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले आवश्यक परे दुई देशको सहमतिमा पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता भएको उनको भनाइ थियो ।
