SHARE
पर्दाफास · सोमबार १ असार २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

२४ घण्टामा २ हजार चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।