SHARE
पर्दाफास · सोमबार १ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ। अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो।