सनातन सम्मेलनका लागि नेपाल आउँदै स्वामी अवधेशानन्द गिरि
भारतको प्रसिद्ध धार्मिक स्थल ऋषिकेशस्थित जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरि नेपाल आउँदैछन्। असार ६ गते विराटनगरमा आयोजना हुने सनातन सम्मेलनमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्। सम्मेलनमा स्वामी अवधेशानन्द गिरि मुख्य वक्ताका रूपमा प्रस्तुत हुनेछन्।
