SHARE
कालिका खबर · सोमबार १ असार २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु

किभ । युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य धेरै जना घाइते भएको बताइएको छ । आक्रमणका क्रममा किभस्थित एक ऐतिहासिक धार्मिक सम्पदामा समेत आगलागी र क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार राजधानी किभमा भएका आक्रमणमा ४ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी शहर खार्किभमा आक्रमणपछि लागेको आगो निभाउने क्रममा ५ जना उद्धारकर्मीको ज्यान गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको केही घण्टापछि यो आक्रमण भएको हो ।