इरान-अमेरिका शान्ति सम्झौताको युरोपमा स्वागत
काठमाडौँ : इरान र अमेरिकाबीच हुन गइरहेको शान्ति सम्झौताबारे ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । उनीहरूले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूका साथ मिलेर ‘अवसरको पूरा लाभ उठाउन’ का लागि काम गर्ने बताएका छन् । ई–४ समूहको नामले चिनिने देशहरूले भनेका छन्, ‘हामी यो कूटनीतिक सफलताका लागि अमेरिका, इरानी सरकार र यसमा सहभागी सबै पक्षलाई बधाई दिन्छौं । जसमा पाकिस्तान, कतार र अन्य सबै मध्यस्थकर्ता सामेल छन् ।
