अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणासँगै एशियाली बजारमा तेलको मूल्य घट्यो
एशियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रुपमा घटेको छ । पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै ४ प्रतिशतले घट्दै प्रति ब्यारेल ८३ अमेरिकी डलर ८१ सेन्टमा झरेको छ ।
