SHARE
Kalo Pati · सोमबार १ असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

काठमाडौँ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । इस्कोनमा अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो । बालबालिकाले आफूमाथि दुर्व्यवहार भएको भन्दै उजुरी दिएपछि प्रहरीले श्रेष्ठमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।