SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

रास्वपा पनि पुरानैको बाटोमा

नेपालगन्ज : ३७ वर्ष भयो, पञ्चायती व्यवस्था ढलेको । राजतन्त्र  पतन भएको  पनि  २१ वर्ष भयो ।  यति लामो  राजनीतिक  विरासत बोकेको व्यवस्था, संस्था  र  त्यसका समर्थकहरू  धराशायी भए भने अरू राजनीतिक पार्टीका नहोलान् भन्न सकिन्न । पछिल्लो समय नेका, एमाले र माओवादीको हविगत त  ताजै छ ।