SHARE
कालिका खबर · सोमबार १ असार २०८३ ०३:३५ AM · 1 मिनेट पढाइ

विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही जुन १६ को बिहान हुनेछ । आज उपाधि दाबेदार युरोपेली टोली स्पेन यस विश्वकपमा पहिलोपटक मैदान उत्रिदैछ । पहिलो खेल समूह एचमा केप भर्डले स्पेनको सामना गर्न लागेको हो । युरोपेली फुटबलमा पावरहाउस मानिने स्पेनी टोलीले युवा र अनुभवी खेलाडीहरूको मिश्रणलाई मैदानमा उतार्नेछ । यो खेल सोमबार राति नेपाली समय अनुसार ९ः४५ बजे सुरु हुनेछ । केप भर्ड पहिलोपटक विश्वकपमा उत्रिन लागेको हो । स्पेनको फिफा वरीयता २ छ ।