SHARE
कालिका खबर · सोमबार १ असार २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

पार्टी पुनर्गठन हुन्छ, तर फुट्दैन : योगेश भट्टराई

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा ओली आफै मैदानमा उत्रिएपछि पार्टीभित्र ध्रुवीकरण बढेको छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनगर्ठन पक्षधरलाई लोभीपापीको संज्ञा दिएपछि उपमहासचिव भट्टराईले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत दिएका हुन् । भट्टराईले सोमबार बिहान आफ्नो फेसबुक पेजमा कवितात्मक शैलीमा लोभपाप नभएको भन्दै ढुक्क रहन आग्रह गरेका छन् । साथै उनले पार्टी पुनर्गठन हुने र नफुट्ने पनि बताएका छन् ।