SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

कोशीमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर : कांग्रेसमा बढ्दो आन्तरिक विवाद, क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियामाथिको असन्तुष्टि र आगामी महाधिवेशनको तयारीका बीच संस्थापन इतर पक्षले विराटनगरमा छुट्टै भेला गरेको छ। इतर पक्षले ‘कोशी प्रदेशस्तरीय बृहत् एकता भेला’ नाम दिएर आयोजना गरेको भेलालाई पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व संघर्षको स्पष्ट संकेतका रूपमा देखिएको छ।