SHARE
पर्दाफास · सोमबार १ असार २०८३ ०२:२३ AM · 1 मिनेट पढाइ

संसदिय समितिको बैठक बस्दै

आज (सोमबार) संसदिय समितिको बैठक बस्दैछ । सोमबार प्रतिनिधी सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सातौँ बैठक बस्ने भएको हो । आज बिहान ८:३० बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञसँग छलफलका साथै विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।