अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति, दुवै देशबीच प्रारम्भिक सम्झौता
अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति भएको छ। लामो समयदेखि जारी युद्धविरामबीच आइतबार दुई देशबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा पोस्ट लेख्दै इरानसँगको प्रारम्भिक सम्झौता भएको जानकारी दिएका छन्। इरानी अधिकारीहरूले पनि सम्झौता भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
