SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

अन्तिम मिनेटमा डियालोले गरेको गोलमार्फत आइभरिलाई महत्वपूर्ण ३ अङ्क

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह इ को दोस्रो खेलमा आइभरी कोस्ट र इक्वेडरलाई १-० ले हराएको छ।फिलिडेल्फियामा भएको खेलको ९० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अमाद डियालोले भूल गर्दै आइभरी कोस्टको लागि महत्वपूर्ण ३ अङ्क जोडेका हुन् ‌ । खेलको एघारौँ मिनेटमा इक्वेडरले राम्रो मौका सदुपयोग गर्न सकेन। खेलको१४औं मिनेटमा इक्वेडरका स्ट्राइकरले हानेको बल पोस्टभन्दा माथिबाट बाहिरियो। खेलको १७ औं मिनेटमा आइभरी कोस्टले गरेको प्रहार बाहिरियो।