SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

अमेरिका-इरान शान्ति सम्झौतासँगै कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौं : अमेरिका र इरानबीच सम्झौताको घोषणा भएसँगै एसियाली बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताअन्तर्गत महत्त्वपूर्ण समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' (हर्मुज जलडमरूमध्य) पुनः सञ्चालनमा ल्याइने बताएका छन्।