SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

अमेरिका-इरान सम्झौता: जुन १९ मा स्विट्जरल्यान्डमा हस्ताक्षर हुने

काठमाडौं: विगत चार महिनादेखि अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न भएको ऐतिहासिक शान्ति सम्झौतामा आगामी जुन १९ मा हस्ताक्षर हुने भएको छ। दुई देशबीच मध्यस्थता गरिरहेको राष्ट्र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका अनुसार यस ऐतिहासिक सम्झौताको औपचारिक हस्ताक्षर समारोह स्विट्जरल्यान्डमा आयोजना गरिएकाे छ।यसै बीच सम्झौताको घाेषाणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अब यस क्षेत्रमा ‘तेलको प्रवाह निर्बाध रूपमा सुचारु हुने’ बताएका छन्।