अतिथि देवो भवःले सिकाएको दायित्व
भनिथ्यो, झन्डै साढे अर्बभन्दा बढी जनसंख्या भएका भारत र चीनका थोरै पर्यटक आए पनि नेपाललाई पुगिहाल्छ। अहिले पोखराका हकमा त्यस्तै भएको छ। व्यवसायीहरूकै भनाइमा दैनिक १५ सयदेखि दुई हजारसम्म गाडीमा भारतीय पर्यटक भित्रिएका छन्। पोखराका झन्डै साढे चार सय पर्यटकीय होटल (सबैगरी भने १२ सय होटल छन्) को ‘अकुपेन्सी’ भारतीयबाटै ९० प्रतिशत छ। पोखरा आसपासका ठाउँदेखि मुक्तिनाथसम्म भारतीय पर्यटक छ्यापछ्याप्ती छन्।
