SHARE
पर्दाफास · आइबार​ ३१ जेठ २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

सरकार युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने अभियानमा छ : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई सरकारले राष्ट्रिय अभियानका रूपमा अघि बढाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै मन्त्री यादवले रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताए ।