SHARE
Kalo Pati · आइबार​ ३१ जेठ २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

‘वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी भइरहेको छ’: मन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधार र ऐन संशोधनको तयारी भइरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै मन्त्री यादवले मन्त्रालयको अधिकांश काम वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानमै केन्द्रित रहेको उल्लेख गरे।