SHARE
कालिका खबर · आइबार​ ३१ जेठ २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

टीभीएसका विद्युतीय स्कुटरको ऐतिहासिक सफलता, आईक्युब र अर्बिटरको बिक्री १० लाख नाघ्यो

काठमाडौँ । भारतीय दुईपाङ्ग्रे सवारी निर्माता टीभीएस मोटर कम्पनीले आफ्ना विद्युतीय स्कुटरहरूको बिक्रीमा नयाँ कीर्तिमान कायम गर्दै १० लाख युनिट बिक्रीको ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीका लोकप्रिय विद्युतीय मोडल टीभीएस आईक्युब र टीभीएस अर्बिटरको संयुक्त बिक्रीले १ मिलियन अर्थात् १० लाख युनिटको आँकडा पार गरेको हो। सन् २०२० मा बजारमा सार्वजनिक गरिएको टीभीएस आईक्युब अहिले भारतीय बजारका अग्रणी विद्युतीय स्कुटरहरूमध्ये एकका रूपमा स्थापित भएको छ। पारिवारिक प्रयोगलाई लक्षित गरी ल्याइएको यो स्कुटरले आफ्नो विश्वसनीयता, आकर्षक फिचर र सहज सञ्चालनका कारण नयाँ ईभी खरिदकर्तामाझ विशेष लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ।