अब १ प्रतिशत शुल्क तिरेर व्यवसाय पुनः वैधानिक बनाउन पाइने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरु गरेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै उनले दशकौँदेखि चर्चामा सिमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगेको दाबी गरे ।
