सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति
काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा गुरुङमाथि सम्पत्ति तथा आर्थिक कारोबारमा प्रश्न उठेपछि जनदबाबका कारण हटाइएको स्मरण गराउँदै छानबिन प्रतिवेदन समेत सार्वजनिक नगरी उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्नु गलत भएको उल्लेख गरिएको छ । ‘सम्पत्ति र आर्थिक कारोबार समेतका विवादमा मुछिएपछि जनताको विरोध र दबाबका कारण गृहमन्त्रीबाट हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानआकर्षित भएको छ ।
