SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

महिलाको नाममा घरको नक्सा पास गरे २० प्रतिशत छुट

काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार एक विशेष कार्यक्रमका बीच आगामी आर्थिक वर्षको यो नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।  सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास,सहरी व्यवस्थापन,डिजिटल प्रणालीको सुदृढीकरण, सामाजिक सुरक्षा र विपद् व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ।