SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

नेपाल एसबिआई बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक

नेपाल एसबिआई बैंक लिमिटेडले मिति २०८३ असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले निक्षेप तथा कर्जातर्फका ब्याजदरहरू समयसापेक्ष बजार अवस्थाअनुसार परिमार्जन गरेको जनाएको छ। प्रकाशित नयाँ ब्याजदर अनुसार ग्राहकहरूले विभिन्न बचत, मुद्दती निक्षेप तथा कर्जा सुविधाहरूमा अद्यावधिक दरको लाभ लिन सक्नेछन्।