SHARE
पर्दाफास · आइबार​ ३१ जेठ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै

बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी हिस्सा वागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये वागमती प्रदेशमा १२ खर्ब ८४ अर्ब ३० करोड अर्थात् ७२.२२ प्रतिशत कर्जा लगानी भएको छ ।