१० वर्ष बितिसक्दा पनि लालपुर्जाविहीन एकीकृत जिलु बस्ती
दोलखा : २०७२ सालको विनाशकारी भूकम्पपछि सुरक्षित आवासको व्यवस्था गर्न निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु एकीकृत बस्तीका बासिन्दाले अझै घरजग्गाको लालपुर्जा प्राप्त गर्न सकेका छैनन्। भूकम्प गएको १० वर्ष पूरा भइसक्दा पनि बस्तीमा बसोबास गरिरहेका १ सय ६७ घरधुरी लालपुर्जाको प्रतीक्षामै रहेका छन्।भूकम्पले घरबारविहीन बनेका परिवारलाई व्यवस्थित र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले डिही–फसिभै एकीकृत बस्ती निर्माण गरिएको थियो।
