SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

दमकमा लागुऔषधसहित महिला पक्राउ

झापा : झापाको दमकमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–४ निवासी ४२ वर्षीया रिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा आइतबार बिहान करिब १० बजे तामाङको घरमा खानतलासी गरेको थियो।