आइतबार सुनचाँदीको भाउ बढ्यो
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
