सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ २९ गते सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३७० रुपैयाँ निर्धारण गरिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।
