SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

शैलुङको आलु संकटमा किसानलाई चिन्ता

दोलखा : दोलखाको शैलुङ गाउँपालिका आलु उत्पादनका लागि देशभर परिचित क्षेत्र हो। शैलुङमा उत्पादन हुने आलु काठमाडौंसहित देशका विभिन्न जिल्लामा पुग्ने गरेको छ। हरेक वर्ष यहाँका किसानले करोडौं रुपैयाँ बराबरको आलु बिक्री गर्दै आएका छन्। तर यस वर्ष भने रोग, असिनापानी र प्रतिकूल मौसमका कारण आलु उत्पादनमा ठूलो गिरावट आउने देखिएको छ। आलु खन्ने समय नजिकिँदै गर्दा किसानहरू चिन्तित बनेका छन्।यस वर्ष आलुबालीमा डडुवा रोगको प्रकोप देखिएपछि अधिकांश आलुका बोटहरू समयअघि नै ओइलिन थालेका छन्।