स्वास्थ्य बिमा सेवामा आर्थिक मापदण्ड
स्वास्थ नागरिक देश विकास र समृद्धिको आधार हो। यही कुरालाई आत्मसात गरेर राज्य तथा सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि अस्पताल, जनस्वास्थ्य कार्यालयलगायत स्वास्थ्यचौकी स्थापना गर्दछ। भर्खरै सम्पन्न संसदीय निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ बहुमत पाएको छ। यतिबेला संसद् र सरकारको नेतृत्व गरिरहेको छ, जसले निर्वाचन घोषणापत्र वा करार तथा बाचापत्रमा स्वास्थ्य सेवालाई निःशुल्क बनाउने भनेर जनताको मत लिएको थियो।
