SHARE
कालिका खबर · आइबार​ ३१ जेठ २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा कार्यलय प्रमुख सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित गरेको छ। संघले संस्थाको प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न उहाँले पुर्‍याउनुभएको समर्पित योगदानको उच्च कदर गर्दै सम्मान गरेको जनाएको छ। दैनिक प्रशासनिक कार्यसम्पादनमा देखाउनुभएको दक्षता, जिम्मेवारीबोध, अनुशासन तथा समन्वयात्मक भूमिकाले संस्थाको समग्र कार्यसम्पादनलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको संघको ठहर छ। सम्मान–पत्रमा उल्लेख गरिएअनुसार, सिजन कार्कीज्यूको निरन्तर परिश्रम, कार्यप्रतिको निष्ठा र सकारात्मक कार्यशैली प्रशंसनीय रहेको जनाइएको छ।