SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री, यस्तो छ कार्यतालिका

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । उनी विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्ने भएका हुन् । भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।