फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल र मोरक्को खेल १–१ को बराबरीमा राेकिएकाे छ । शनिबार न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिल हारबाट जोगिन भिनिसियस जुनियरको शानदार गोलमा निर्भर रह्यो । सन् २०२२ विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोले २१औँ मिनेटमा अग्रता लिएको थियो ।
