SHARE
कालिका खबर · शनिबार ३० जेठ २०८३ ०७:०७ PM · 1 मिनेट पढाइ

उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल लगनखेलमा , ३ जिल्लाका २४ खेलाडी सहभागी

ललितपुर– ‘उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिता २०८३’ ललितपुरमा आइतबार आयोजना गरिँदैछ । उपत्यकाका तीन जिल्ला भित्र रहेका बौद्धिक अपाङ्गता भएका खेलाडीको सहभागितामा हुने यो प्रतियोगितामा २४ जना खेलाडी सहभागी हुने स्पेशल ओलम्पिक्स नेपालद्वारा शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा महिला तथा पुरुष खेलाडीले ५० मिटर र १०० मिटर दौड, लङ जम्प र सफ्ट बल थ्रो खेलमा प्रतिस्पर्धा गर्ने स्पेशल ओलम्पिक्स नेपालकी अध्यक्ष शिला थापाले जानकारी दिइन् ।