SHARE
कालिका खबर · शनिबार ३० जेठ २०८३ ०५:५४ PM · 1 मिनेट पढाइ

९ औँ राष्ट्रब्यापी टिकाभैरब सो क्योकुसिन फूल कन्ट्याक्ट कराँतै सुरु, पुरुष र महिला गरी तौल समूहमा प्रतिस्पर्धा

ललितपुर – ९ औँ राष्ट्रब्यापी टिकाभैरब सो क्योकुसिन फूल कन्ट्याक्ट कराँतै प्रतियोगिता ललितपुरमा सुरु भएको छ । टिकाभैरब सो क्योकुसिन कराँते शाखा डोजोको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा १ सय १० जना खेलाडीको सहभागीता रहेको छ । प्रतियोगिताको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले उद्घाटन गरिन् । टिकाभैरबको मन्दिर प्रागंणको मयुर एकेडेमीमा आइतबारसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ २५ केजी , ३० केजी , ३५ केजी र ५० केजी तौल गरी ४ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक टिमका सुजन नगरकोटीले जानकारी दिए ।