SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

भारतीय सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल धीरज सेठ नियुक्त

भारत सरकारले लेफ्टिनेन्ट जनरल धीरज सेठलाई सेनाको नयाँ प्रमुखमा नियुक्त गरेको छ। वर्तमान सेना प्रमुख उपेन्द्र द्विवेदी सेवा निवृत्त हुन लागेसँगै भारत सरकारले लेफ्टिनेन्ट जनरल धीरज सेठलाई भारतीय सेनाको प्रमुखमा नियुक्त गरेको हो । हालका सेना प्रमुख द्विवेदी जुन ३० मा अवकाश प्राप्त हुने भएपछि सेठले सोही दिनदेखि भारतीय सेनाको नेतृत्व सम्हाल्नेछन्।