एचआईभी नियन्त्रण र उपचारमा सुधार, सामाजिक लाञ्छना र विभेद कायमै
काठमाडौं । एचआईभी तथा टीबीसँग सम्बन्धित लाञ्छना र विभेद अझै गम्भीर रूपमा कायम रहेको सरोकारवालाहरूले बताएका छन् । रोकथाम, परीक्षण र उपचार सेवामा उल्लेखनीय सुधार भए पनि सामाजिक धारणा, गलत सूचना, संस्थागत व्यवहार र संरचनागत कमजोरीका कारण प्रभावित समुदायले अझै समान र सम्मानजनक सेवा पाउन नसकेको उनीहरूको भनाइ छ। स्वास्थ्य लाइभ मिडियाले गरेको सातै प्रदेशका पत्रकारलाई एचआईभी, मलेरिया र टिबीसँग सम्बन्धी लाञ्छाना तथा भेदभाव अन्त्यका लागि मानवअधिकारमूखी उत्तरदायी रिपोटिङ तालिम कार्यक्रममा सरोकारवालाहरूले प्रभावित समुदायले अझै समान र सम्मानजनक सेवा पाउन नसकेको बताएका हुन् ।
