SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

अनधिकृत रूपमा नेपाल प्रवेश गर्न लागेका बंगलादेशी नागरिक सीमामा पक्राउ

झापा : झापाको काँकडभिट्टा सीमा क्षेत्रबाट एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। आज दिउँसो १२:४५ बजे मेचीनगर नगरपालिका-६ स्थित गैरीगाउँमा भारत पानीट्यांकीबाट मेची खोलाको बाटो हुँदै नेपालतर्फ अनधिकृत रूपमा प्रवेश गर्दै गरेको अवस्थामा बंगलादेशी नागरिक पक्राउ परेका हुन्।बंगलादेशको राहदानी बोकेका तुलाटोली कचुआ मनोहरपुर –३६३० चाँदपुर बस्ने ३३ वर्षीय मोहम्मद सैफुल इस्लाम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।