SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा कुन ठाउँमा कहिलेसम्म ?

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ठाउँ अनुसार समयसीमा निर्धारण गरेको छ। महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठक उक्त समयसीमा निर्धारण गरेको हो। अनलाइनमार्फत प्रविष्ट भएका फाराम वडा तहबाट आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिले निर्देशन दिएको छ।