SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को विधान संशोधन गरी सबै पदमा सबै उमेदवार हुन पाउने व्यवस्था गरिएको छ । इप्पानको वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान, २०७८ लाई संशोधन गरी सबै पदमा चुनावको व्यवस्था गरिएको हो । यस्तै, अध्यक्षका हकमा एक कार्यकालमा कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।