SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री भन्छन्- विश्वकपमा मेरो ‘फेभरेट’ देशले खेलेको छैन

प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबललाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विश्वकपमा आफ्नो ‘फेभरेट’ टोली नरहेको बताएका हुन्। विश्वकपको चर्चा चलिरहँदा आफूलाई धेरै शुभेच्छुक तथा साथीभाइले फेभरेट टोलीका बारेमा प्रश्न सोधेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन्।