SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

काँग्रेस युवा नेताको आरोप- नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए

नेपाली काँग्रेसका संस्थापन इतर पक्षधर युवा नेताहरूले पार्टी नेतृत्वको कार्यशैली, नैतिकता र आन्तरिक लोकतन्त्रको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले ‘प्रोजेक्ट गभर्मेन्ट’ जस्ता अवधारणाले पार्टीलाई कमजोर बनाएको र नयाँ राजनीतिक शक्तिहरूको उदयमा सहयोग पुगेको आरोप लगाएका छन् ।