हर्क साम्पाङ भन्छन्- ‘देशलाई माया गर्दा गाली खाइरहेको छु’
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गरेका छन् । शनिवार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे ।
