SHARE
पर्दाफास · शनिबार ३० जेठ २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

सरकारलाई गगन थापाले भने- पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याइयोस्

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल असर पर्ने गरी सरकारले गरेका निर्णयहरू तत्काल सच्याउन माग गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले स्थानीय संवेदनशीलता र मौलिकतालाई बेवास्ता गरी गरिएका निर्णयहरूले दीर्घकालीन संकट निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।