फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार भोलि बिहान ३ः४५ बजे हुनेछ । गत संस्करण कतार विश्वकपमा ब्राजिलको यात्रा क्वार्टरफाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसियाविरुद्ध स्तब्ध बन्यो । त्यसको चार वर्षअघि रसियामा पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो । यसपाली ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ । उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करण गरेको ऐतिहासिक प्रदर्शन दाहोर्याउने चुनौती छ ।
