SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

भारतीय वायु सेना विमान दुर्घटना: पाइलटसहित ५ जनाको मृत्यु

एजेन्सी ।भारतको आसामको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को–पाइलट घाइते भएका छन् । ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।