SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०४:०२ AM · 1 मिनेट पढाइ

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । चौबीसै घण्टा ‘ प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा‘बर्थिङ सेन्टर’ शुभारम्भ गरिएको थियो ।